शिवराज परियार/मध्यान्ह
काठमाडौं : प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान जारी छ । उनीमाथिको बयान यही १९ गतेभित्र सकाएर प्रतिनिधिसभाका फिारिससहितको प्रतिवेदन पेश गर्ने समितिको आन्तरिक कार्यतालिका तय भएको छ ।
तर कार्यतालिका प्रभावित भएर कहिले बयान सकिन्छ भन्ने अन्योल थपिएको छ । बुधबार र बिहीबार तय भएको ४३ मध्ये ६ वटा प्रश्नका वरिपरी बयान सकिएको छ । बाँकी ३७ वटा प्रश्नको बयान लिन बाँकी छ ।
अर्को बैठक भदौ १९ गतेका लागि बोलाइएको छ । तथापि, एकातिर, निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत फर्किन सक्ने आंकलन छ । अर्कोतिर, महाअभियोग सिफारिस समितिमा उनको बयान लम्बिएको छ ।
यही बेला प्रतिनिधिसभाको कार्यकाल चुनावपछि पहिलो बैठक बस्दासम्म रहने गरी प्रस्तावित विधेयक तयार भएको छ । यस पृष्ठभूमीको ब्याख्या गर्दै कतिपयले चोलेन्द्र फर्कने बाटो बन्द भएको टिप्पणी गरेका छन् ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्रालयले तयार पारेको प्रतिनिधिसभा कार्यकालसम्बन्धी नयाँ विधेयकमा ‘प्रतिनिधिसभाको कार्यकाल गणना गर्दा त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट गणना गरिनेछ,’ भन्ने उल्लेख छ । साथसाथै, ‘प्रतिनिधिसभाको नयाँ निर्वाचन भइ त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो कार्यकाल स्वतः समाप्त भएको मानिनेछ’ भनी प्रष्ट ब्याख्या गरिएको छ । प्रतिनिधिसभाको कार्यकालसम्बन्धी बहस चलिरहेका बेला सरकारले प्रतिनिधिसभाको पहिलो बैठक बसेको मितिलाई कार्यकाल सुरुवातको मिति मान्ने प्रस्ताव गरेको हो ।
४ मंसिरमा हुने प्रतिनिधिसभाको चुनावको रिजल्ट आउन विगतको अभ्यास अनुसार तीन सातासम्म लाग्नेछ । त्यसपछि सपथ ग्रहण मिति तय हुनेछ । सपथ सकिएर पहिलो बैठक बस्ने मिति तय भउपष्छि प्रतिनिधिसभाको कार्यकाल सकिने हो । यसो हुँदासम्म जबराले अनिवार्य अवकाश पाउने समय आइसक्नेछ । जबराले मंसिर २६ गते अनिवार्य अवकाश पाउनेछन् ।
कतिपय सरोकारवालाहरु महाअभियोग सिफारिस समितिमा जबराको बयान लम्बिनु र प्रतिनिधिसभाको कार्यकाल चुनावपछि पहिलो बैठक बस्दासम्म रहने गरी प्रस्तावित विधेयक तयार हुनुलाई संयोग मात्रै मान्न तयार छैनन् । बरु यस पृष्ठभूमीको ब्याख्या गर्दै चोलेन्द्र सर्वोच्च अदालत फर्कने बाटो बन्द भएको टिप्पणी गर्दछन् ।
चुनावपछिको पहिलो बैठकसम्म प्रतिनिधिसभाको कार्यकाल !
चुनावपछिको पहिलो बैठकसम्म प्रतिनिधिसभाको कार्यकाल रहने गरी कानुनी व्यवस्थाको प्रस्ताव गरिएको छ ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्रालयले तयार पारेको प्रतिनिधिसभा कार्यकालसम्बन्धी नयाँ विधेयकमा ‘प्रतिनिधिसभाको कार्यकाल गणना गर्दा त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट गणना गरिनेछ,’ भन्ने उल्लेख छ ।
साथसाथै, ‘प्रतिनिधिसभाको नयाँ निर्वाचन भइ त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो कार्यकाल स्वतः समाप्त भएको मानिनेछ’ भनी प्रष्ट ब्याख्या गरिएको छ । प्रतिनिधिसभाको कार्यकालसम्बन्धी बहस चलिरहेका बेला सरकारले प्रतिनिधिसभाको पहिलो बैठक बसेको मितिलाई कार्यकाल सुरुवातको मिति मान्ने प्रस्ताव गरेको हो ।
यामराज बिष्ट/मध्यान्ह
दैलेख, १६ भदौ । लायन्स क्लब अफ दैलेखले बसन्तमाला बेद विद्याश्रममा शैक्षिक तथा खाद्यान्न सामग्री वितरण गरेको छ ।
नारायण नगरपालिका वडा नम्बर ७ किमु गाँउमा रहेको विद्याश्रम धार्मिक विद्यालयमा ऋषि पञ्चमीको अवसरमा खाद्यान्न र लत्ता कपडा प्रदान गरिएको लायन्स क्लब अफ दैलेखका अध्यक्ष तिर्थ जिसीले जानकारी दिए ।
उनका अनुसार कापि, कलम फोटोकपि पेपर, मार्कर, चामल, दाल, तेल लगायतका सामग्री वितरण गरिएको हो । क्लबले स्थापना कालदेखि नै जिल्लामा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।
काठमाडौं : सांसदहरुले मुलुकको विभिन्न क्षेत्रमा डेंगु रोगको समस्या बढ्दै गएको जनाउँदै यसको रोकथामका लागि सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको बैठकको शून्य समयमा सांसद सुरेश आले मगरले काठमाडौं उपत्यकामा समेत दैनिक डेंगु सङ्क्रमण बढ्दो देखिएकाले तत्काल रोकथामको कार्य अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आग्रह गरे ।
बैठकमा सांसद उदयबहादुर बोहराले राप्ती राजमार्ग अवस्था कमजोर भएको उल्लेख गर्दै तुलसीपुर – कपुरकोट सडकखण्ड कन्तबिजोग बनेको बताए । सांसद उर्मिला अर्यालले रासायनिक मल अझै राम्ररी आपूर्ति हुन नसक्दा र सिँचाइको अभावका कारण मधेसका किसान चिन्तित रहेको बताइन् ।
सांसद तुलप्रसाद विश्वकर्माले भेटेरेनरी चिकित्सकबाहेकका अन्य भेटेरेनरी सेवामा लागेका जनशक्तिलाई समेट्ने भएकाले पशु स्वास्थ्य तथा पशु सेवा विधेयकलाई छिटो पारित गर्न आग्रह गरे । सांसद नारायणदत्त मिश्रले मलखादको अभाव हुन नदिन सरकारसँग आग्रह गरे । सांसद भुवनबहादुर सुनारले गाउँ–गाउँमा सहकारी घरघरमा भकारी भन्ने नाराका साथ अघि बढेको सहकारी पछिल्लो समयमा बदनाम हुँदै गएकामा चिन्ता प्रकट गरे ।
सांसद मदनकुमारी शाहले कैलालीका पथैया, मोहना कान्द्र काँडा र कर्णाली नदीलाई डल्फिन संरक्षित क्षेत्र घोषणा गर्न माग गरिन् । बैठकमा सांसद मोहम्मद खालिदले गत वर्ष सुक्खा मौसमका कारण पीडित किसानका लागि सरकारले घोषणा गरेको राहत सिरहाका किसानले अझै नपाएको गुनासो गरे । सांसद राजेन्द्रलक्ष्मी गैरेले आगामी निर्वाचनमा महिलालाई उचित प्रतिनिधित्व दिन दलहरूसँग आग्रह गरेकी थिइन् ।
काठमाडौं : भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी बिहीबार नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । महिलाले बिहीबार बिहानै उठेर नजिकको नदी, खोला, तालतलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । वाग्मती, मनोहरा, रुद्रमतिलगायत नदी किनारको मुहान क्षेत्रमा स्नान गर्न सकिने गरी पानी स्वच्छ भएकाले प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन अपामार्गसहित विधिपूर्वक स्नान गर्न धेरै महिला जाने गरेका छन् ।
रजस्वलाका समयमा छाइछुई लगायत कुनै त्रुटि भएको भए बिहीबार ऋषि पञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भरद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरेका छन् । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले बिहीबार पञ्चमीलाई ऋषि पञ्चमी भनिएको हो ।
रजस्वला भएका बेलामा अरुलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइछाई भएमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रहिआएकाले यस पर्वलाई वैज्ञानिक मान्नुपर्ने धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराई बताउछन् ।
बिहीबार स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमामा पूजा आजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्छ । ऋषिपञ्चमीसँगै चार दिन लामो तीज पर्व पनि बिहीबारदेखि नै समापन भएको छ ।
काठमाडौं : वन तथा वातावरण मन्त्रालयले वन व्यवस्थापनमार्फत काठ उत्पादन बढाउने नीति लिएर आफ्ना कार्यक्रम अगाडि बढाइरहेको छ । काठ उत्पादन बढाउन मन्त्रालयले आफ्नो अलग्गै मापदण्ड तयार गरिसकेको छ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालय सम्हालेदेखि स्वदेशमै काठ उत्पादन बढाउन वृक्षरोपणलाई देशभरिमै अभियानका रूपमा अघि बढाइएको छ । अर्थतन्त्रमा योगदान पुर्याउने गरी सामुदायिक वन व्यवस्थापनलाई उत्पादन र रोजगारमूलक बनाउन अलग्गै कानुन बनाउने तयारीसमेत भइरहेको बताइएको छ । बहुमूल्य जडीबुटी संरक्षण तथा व्यवस्थापन गरी व्यावसायिक उत्पादन गरिने मन्त्रालयले नीति लिएको छ ।
यसका साथै वन्यजन्तुको अवैध व्यापारलाई कडाइका साथ नियन्त्रण गर्न वन्यजन्तुको बासस्थान सुधार, संरक्षण तथा व्यवस्थापन कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्ने गरी अहिले काम भइरहेको मन्त्री यादवले जानकारी दिए । उनका अनुसार वन्यजन्तुको व्यावसायिक पालन, प्रजनन तथा उपभोगको मापदण्ड बनाइ कार्यान्वयन गरिने भएको छ ।
बाघ, गैँडा, हात्तीलगायत वन्यजन्तु व्यवस्थापनका लागि विशेष योजना कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार मन्त्रालयले काम अगाडि बढाइरहेको मन्त्रालयका सचिव डा. पे्रमनारायण कँडेलले जानकारी दिए ।
यसैगरी मानव–वन्यजन्तु द्वन्द्व न्यून गर्दै वन्यजन्तु उद्धार केन्द्र निर्माण तथा सञ्चालनका कार्यक्रम पनि सुरु भइरहेका मन्त्रालयले जनाएको छ । चुरे क्षेत्रको गुरुयोजना पुनरावलोकन गरी उपल्लो र तल्लो तटीय सम्बन्धका आधारमा चुरे क्षेत्रको एकीकृत संरक्षण तथा विकासका कार्यक्रम पनि शुरु हुने तयारीमा रहेका बताइएको छ । चुरे क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राखी ठूला आयोजना विकास गर्दा वातावरणीय तथा जलाधार संरक्षणमा पर्याप्त ध्यान दिएर काम गर्न गराउन मन्त्री यादवले निर्देशनसमेत दिएका छन् ।
कोसी, गण्डकी, कर्णाली तथा महाकाली नदीका बृहत् जलाधार क्षेत्रलगायत महत्वपूर्ण जलाधार क्षेत्रको संरक्षण तथा व्यवस्थापन गरी बहुपयोगी संरक्षण पोखरी एवम् ताल निर्माण र व्यवस्थापन, पानीका मुहान संरक्षण, आकस्मिक पहिरो तथा भूस्खलन नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने मन्त्री यादवले बताए । उनले भने, ‘नदी प्रणालीको सुदृढीकरण गर्दै नदी प्रवाहमा हुने जोखिमको आकलन गरी एकीकृतरूपमा जलउत्पन्न प्रकोप न्यूनीकरण गर्नुका साथै चुरे क्षेत्रबाट एकीकृत संरक्षण तथा नदी व्यवस्थापन गरी सीमा क्षेत्रमा बर्सेनि हुने डुबान समस्या हल गर्नेछौँ ।
सत्य बटाला/मध्यान्ह
रुकुम पश्चिम, १६ भदौ । नेपाल रेडक्रस सोसाइटी आठविसकोट उपशाखाले आठविसकोट नगरपालिकासँगको सहकार्यमा बाढीपहिरो पीडितलाई राहत सामग्री वितरण गरेको छ । नगरपालिकाको वडा नम्बर १३ र १४ का १८ बाढी पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।
नगर प्रमुख रबि केसी, उपप्रमुख धनकुमारी शाही विपद् व्यवस्थापन शाखा प्रमुख ज्ञानु आचार्यको उपस्थितिमा चामल, दाल, तेल, नुनलगायतका सामग्री वितरण गरिएको विपद् व्यवस्थापन शाखाका प्रमुख आचार्यले जानकारी दिए । बाढीबाट बिस्थापित घरपरिवारलाई तत्कालका लागि खाद्यान्न सामग्री वितरण गरिएको र आगामी दिनमा आवास पुनर्निर्माण कार्य अगाडि बढाइने नगर प्रमुख केसीले बताए ।
यस्तै रेडक्रस उपशाखा आठविसकोटले जिल्ला शाखाको सहकार्यमा बाढी पीडित १४ घर परिवारलाई राहत वितरण गरेको छ । उपशाखा सचिव तेज बहादुर मल्लका अनुसार साउन १२ र १३ गतेको बाढीबाट पूर्णरुपमा घरबारबिहीन बनेका १४ घरपरिवारलाई राहत वितरण गरिएको हो । गत साउनमा आएको बाढीबाट वडा नम्बर १४ पिपल चौरका आमा छोरीको मृत्यु भएको थियोे । पहिरोमा परेकी ७ वर्षकी बालिकालाई भने जिवितै धाद्धार गरिएको थियोे ।
राहत वितरण कार्यक्रममा नगर प्रमुख रबि केसी, उपप्रमुख धनकुमारी शाही, नेपाल रेडक्रस सोसाइटी उपशाखाका सचिव तेज बहादुर मल्ल, कोषाध्यक्ष दिप बहादुर केसीलगायतको उपस्तिथि रहेको थियो ।
काठमाडौंः पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप एक जनाको मृत्यु भएको छ । ३ हजार ५५७ जनाको परीक्षणमा २६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १ हजार ७३२ जनाको पीसीआर परीक्षण गर्दा १८० जना र १ हजार ८२५ जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार १५८ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा २१५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार २२७ पुगेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं : काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । बिहीबार दिउँसो गएको महानगर प्रहरीको टोलीले वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको हो ।
सडक र भवनमा राखिएका डिजिटल होर्डिङ बोर्डका कारण सवारी दुर्घटना बढेको भन्दै महानगरले डिजिटल होर्डिङ बोर्ड हटाउने अभियान सुरु गरेको हो । बिहीबार काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले यस्तो निर्णय लिएका थिए ।
ट्राफिक प्रहरीले सुरुदेखि नै डिजिटल होर्डिङ बोर्ड नराख्न आग्रह गर्दै आए पनि कुनै सुनुवाइ हुन सकेको थिएन।अनुमतिबिना चुरोट, रक्सी र अन्य मादक पदार्थको प्रचार गर्ने सबै डिजिटल बोर्ड अब हट्ने छन्।
माधव बेल्वासे/मध्यान्ह
चन्द्रौटा, १६ भदौ । कपिलवस्तुको शिवराज नगरपालिकाले गर्भवती र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । स्वास्थ्य संस्था (वर्थिङ सेन्टर)बाट भैरहवा, बुटवल र तौलिहवा रिफर भएमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने नगरप्रमुख अजय थापाले जानकारी दिए ।
गर्भवती तथा सुत्केरी महिलाहरूलाई सहज यात्राका लागि निःशुल्क एम्बुलेन्स सञ्चालन गरिएको थापाले बताए । ‘वर्थिङ सेन्टरमा सुत्केरी रिफर भएमा नगरको एम्बुलेन्सले निःशुल्क सेवा दिनेछ, थापाले भने, ‘स्वास्थ्य संवेदनशील विषय हो, यसमा नगरपालिका उत्तरदायी छ ।’
गर्भवती तथा सुत्केरी महिलाहरूको समस्या ध्यान दिँदै नगरले अन्य कार्यक्रमहरू पनि राखेको उपप्रमुख शिवकुमारी थारुले बताइन् । गर्भवती महिलाहरूले विभिन्न समयमा वार्थिङ सेन्टर गई परामर्श लिनुपर्ने थारुले बताइन् । शिवराज नगरपालिकामा अहिले ४ वटा एम्बुलेन्स छन् । नगरले प्रदेश सरकार र भारतीय दुतवासबाट एक/एक वटा एम्बुलेन्स प्राप्त गरको छ । अन्य दुई वटा एम्बुलेन्स नगर आफैले खरिद गरेको छ ।
शिवराज नगरपालिका १ शिवपुर वर्थिङ सेन्टर एउटा, चनइ वर्थिङ सेन्टरमा एउटा, शिवगढी वार्थिङ सेन्टरमा एउटा र आधारभूत अस्पताल चन्दौटामा एउटा एम्बुलेन्स राखिएको छ । वडावासी महिलाहरू गर्भवती तथा सुत्केरी अवस्था रिफर भएमा निःशुल्क सेवा दिने शिवराज नगरपालिका वडा ३ का अध्यक्ष टेकलाल सापकोटाले बताए ।
निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरी नगरवासीको स्वास्थ्य क्षेत्रमा नगरपालिका संवेदनशील बनेको स्थानीयहरूको भनाइ छ । ‘केही समय पहिलासम्म नगरमा एम्बुलेन्स नहुँदा धेरै समस्या थियो अहिले नगरले यसरी निःशुल्क सेवा दिने निर्णय गरेकोमा हामी खुसी छौं’ स्थानीय शंकर केसीले भने ।
कमल खड्का/मध्यान्ह
रोल्पा, १६ भदौ । रोल्पामा एक दम्पतीको शव फेला परेको छ । जिल्लाको माडी गाउँपालिका ३ तालाबाङमा धारिलो हतियार प्रहार गरी हत्या गरिएक श्रीमान्–श्रीमतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।
उनका अनुसार परिवर्तन गाउँपालिका २ कुन्वाङ राङसीका करिब २७ वर्षीय दुर्गाबहादुर पुन र उनकी श्रीमती करिब ३७ वर्षीय पार्वतीको शव फेला परेको हो । अनुसन्धानका क्रममा उनीहरु काठमाडौंको इँटा भट्टामा काम गर्थे । उनीहरुले त्यही विवाह गरेका थिए ।
विवाह गरेर रोल्पा आएका उनीहरु दुवैजना तालावाङस्थित जयलाल डाँगीको घरमा मजदूरी गर्दै आएका थिए । धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा बुधबार १५ गते दिउँसो स्थानीयले फेला परेका थिए । थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies